

काठमाडौँ, वैशाख ८ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ।
विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मङ्गलबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पदबाट राजीनामा दिँदा उपयुक्त हुने प्रतिक्रिया दिनुभएको हो । गृहमन्त्रीबारे नयाँ नयाँ लफडाका कुराहरू सुनिने गरेकाले उहाँले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने आफ्नो सुझाव रहेको अध्यक्ष राईको भनाइ छ ।
उहाँले गृहमन्त्री गुरुङबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको पनि पटकपटक बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “त्यो विषय वस्तु त होइन । तर प्रश्न आइहाल्यो । प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने आउला ।उहाँले जहिले जहिले पनि नयाँ नयाँ सुनिराखिन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । अब हप्तामा दुई तीन चोटि सुनिन्छ घरी के घरी के ? उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।”
अध्यक्ष राईले सुशासन कायम गर्नेतर्फ केन्द्रित हुन सरकारलाई सचेत पनि गराउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































