काठमाडौं, चैत २७ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भएको कारण नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको हो ।
नेपाल आयल निगमले बिहीबार राति १२ः०० बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ रुपियाँ तथा डिजेल/मट्टितेलमा २५ रुपियाँ वृद्धि गरेको हो। यस्तै, ग्यासमा रु १०० ले वृद्धि गरिएको छ। यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको समेत निगमले उल्लेख गरेको छ ।



What if you could work from Anywhere?
Explore More with something that can change your Life!
