काठमाडौँ, चैत २३ गते । गृहमन्त्री सुधन गुरुङले श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई साम्पाङलाई चिठी लेखेका छन् ।
पोखराको फेवा तालस्थित मापदण्डभित्रको संरचना खाली गर्ने सरकारको योजनामा गृहमन्त्री स्वयम्को जग्गा परेको चर्चाका बीच सांसद साम्पाङले तीव्र विरोध गरेपछि उनलाई ‘प्रिय’ सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सार्वजनिक चिठ्ठी लेखेका हुन् ।
उनले फेवातालको जग्गामा आफ्नो लगानी र सपना दुवै डुबेको चिठीमा उल्लेख गरेका छन् ।
यस्तो छ उनको चिठी
प्रिय माननीय हर्क सम्पाङज्यू,
तपाईं र मेरो बीच विगत लामो समयदेखि रहेको सम्बन्ध, देशको हितका लागि BPKIHS का मुद्दाहरूमा सँगै अघि बढ्दै आएको यात्रा, र दाजुभाइको आत्मीय सम्बन्धले अझ मजबुत बनाएको छ । यस्तो गरिमामय पदमा रहि रहँदा तपाईं र नगरिकलाई जवाफ दिनु मेरो जिम्मेवारी पनि हो ।
आजभन्दा करिब ८–१० वर्ष अघि, हामी तीन जना युवा साथीहरूले मिलेर पोखराको पर्यटन विकासका लागि,विशेष गरी गाउँको विकास गर्ने उद्देश्यले,एकदमै विकट र विकास नपुगेको ठाउँ रोज्यौं । सो क्षेत्रलाई छनोट गर्नुको मुख्य कारण नै त्यहाँ पूर्वाधार र विकासको कमी हुनु थियो, र हामीले आफ्नो पहलले त्यहाँको समग्र विकासमा योगदान पुर्याउन सकिन्छ भन्ने विश्वास गरेका थियौं ।
सोही क्रममा, हामीले उक्त जग्गा मेरो नाममा नभई LEASE (भाडामा) लिएर काम अगाडि बढाएका थियौं । त्यसबेला उक्त जग्गा ६५ मिटर क्षेत्रमा नपर्ने भनी जानकारी दिइयो, लालपुर्जा समेत देखाइयो, र त्यसैअनुसार हामीले लगानी सुरु गर्यौं । तर, पछि नगरपालिकाबाट उक्त जग्गा ६५ मिटर क्षेत्रमा पर्ने तथ्य थाहा पाएपछि हाम्रो लगानी जोखिममा पर्यो ।
यसले गर्दा निर्माण कार्य समेत रोक्नुपर्ने अवस्था आयो । हाम्रो लगानी र सपना दुवै डुब्यो र हामी ठगीमा परेको बल्ल हामीले महसुस गर्यौ । ठगीमा परे तापनि अरुलाई दुःख नदिने उद्देश्यले हामी चुप्प लागेरै बस्यौँ । अवैध मानिएको जग्गामा यति ठूलो लगानी गरेर फेरि भाडा तिर्नु पर्ने अवस्था उपयुक्त देख्दैनौँ ।
त्यसैले, त्यस समयमा हाम्रो युवावस्थाको आशा र विश्वासमाथि ठगी भएको महसुस गर्दै, हामी अब यस विषयमा कानुनी उपचारको बाटो रोज्ने निर्णयमा पुगेका छौं ।
PS: साथै, यस विषयमा संलग्न सबै मित्रहरू तथा सञ्चारमाध्यमहरूलाई पूर्ण तथ्य नबुझी हतारमा एकतर्फी रूपमा समाचार प्रकाशन नगर्नु हुन पनि विनम्र आग्रह गर्न चाहन्छु । यथार्थ बुझेर मात्र जिम्मेवार ढंगले विषय प्रस्तुत गरिदिनुहुन अनुरोध गर्दछु ।
धन्यवाद ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
