05/31/2026, 23:34:56
आइतबार, जेठ १७, २०८३

जेनजी घाइतेको सेवा कार्यमा डा. शर्माप्रति गृहमन्त्रीको सम्मान


काठमाडौँ, चैत २० गते ।गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुग्नुभएको छ। घाइतेहरूलाई निःशुल्क उपचार सेवा दिँदै आउनुभएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद दिनुभयो।

गृह मन्त्रालय सम्हालेको दिनदेखि निरन्तर काममा देखिनुभएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझ्नुभयो। डा. शर्माका अनुसार अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै होसमा नआएकोले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको छ।

डा. शर्माले भन्नुभयो, “यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु। तपाईं आउनुभयो र बिरामीको अवस्था बुझ्नुभयो।”

मन्त्री गुरुङले घाइतेहरूको घाउमा मलम लगाइदिनु भएकोमा डा. शर्मालाई धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “तपाईंले केवल घाइतेहरूलाई मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ। यो सेवामा कमी नहोस्, तपाईंप्रति सधैं सम्मान छ।”

मन्त्री गुरुङ राति करिब १० बजे अस्पताल पुग्नुभएको थियो र भेट्नेबित्तिकै उहाँले डा। शर्माको सेवा र योगदानको प्रशंसा गर्नु भएको थियो।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..