काठमाडौँ, चैत २० गते । गृहमन्त्री सुधन गुरुङ मन्त्रालयको सोफामा निदाएका छन् । उनी मन्त्रालयको सोफामा सिरक ओढेर सुतिरहेको तस्वीर सचिवालयले सार्वजनिक गरेको हो ।
सचिवालयका एक सदस्यका अनुसार २४ घण्टा नै काममा खटिनुपरेपछि मन्त्री गुरुङले मन्त्रालयको सोफामै आराम गर्नुपरेको हो ।
गृहमन्त्री गुरुङ गएराति विमानस्थलको अनुगमनमा गएका थिए । आफू सोफामै सुतेको तस्वीर गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा पनि साझा गरेका छन् । ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन’, तस्वीरको क्याप्सनमा उनले लेखेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
