04/06/2026, 04:46:24
आइतबार, चैत २२, २०८२

‘धुरन्धर २’ले पहिलो दिनमै १०२ करोड रुपैयाँ कमाउँदै बलिउडमा नयाँ कीर्तिमान स्थापित


काठमाडौँ, चैत ७ गते : बलिउड अभिनेता रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ (धुरन्धर: द रिभेन्ज) ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

प्रदर्शनको पहिलो दिनमै आक्रामक व्यापार गर्दै बलिउडका अघिल्ला फिल्मका केही रेकर्ड तोडेको छ ।

यसअघि साहरुख खान स्टारर ‘जवान’ को नाममा रहेको सर्वाधिक ओपनिङको रेकर्डलाई उछिन्दै ‘धुरन्धर २’ पहिलो दिनमै १०० करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड फिल्म बनेको छ ।

बक्स अफिस ट्र्याकिङ साइट ‘सैकनिल्क‘ को रिपोर्ट अनुसार, ‘धुरन्धर २’ ले भारतीय बक्स अफिसमा पहिलो दिन १०२ करोड रुपैयाँको व्यापार गरेको छ । फिल्मको औसत अक्यूपेन्सी ५९.५ प्रतिशत देखिएको छ ।

फिल्मले पेड प्रिभ्यु (विशेष शो)बाटै ४३ करोड कमाएर नयाँ कीर्तिमान कायम गरेको थियो । यदि पेड प्रिभ्यु र ओपनिङ डेको कलेक्सन जोड्ने हो भने भारतमा मात्रै फिल्मको नेट कमाइ १४५.५५ करोड पुगेको छ ।