काठमाडौँ, ४ चैत गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छिन् ।
प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न नेकपा नेतृत्वलाई बालुवाटार आमन्त्रण गरेकी थिइन् । प्रधानमन्त्रीको बोलावटमा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेता बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईँहरूले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो। यसका निम्ति धेरै धन्यवाद छ।”
प्रधानमन्त्री कार्कीले निर्वाचनमा विजय नेताहरुलाई बधाई दिँदै अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपाका नेताहरूले पनि निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै नेतृत्वदायी भूमिकाका लागि प्रधानमन्त्री कार्कीलाई बधाई दिए ।
संयोजक प्रचण्डले भने, “यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
