04/07/2026, 16:28:14
मङ्गलबार, चैत २४, २०८२

फूटबल समाचार : क्रिस्टल प्यालेसलाइ पहिलो एफ ए कप, म्यानचेस्टर सिटी फाइनलमा पराजित, प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला बिजयी, जर्मन लिगमा डर्टमण्ड चौथो स्थानमा


मिति १८ मे २०२५, इन्ग्लिश एफए कप : गत राति भएको क्रिस्टल प्यालेस र म्यानचेस्टर सिटीको एफए कपको फाइनलमा क्रिस्टल प्यालेसका ड्यानियल मुनोजको पासमा इजीको १६ मिनेटको एकमात्र गोलले पहिलो एफए कप जितेको छ । गत बर्षको प्रिमियर लिग बिजेता म्यानचेस्टर सिटी यस सिजन कुनै उपाधि हात पार्ने छैन । यस खेलमा गोल किपर Dean Henderson को उत्कृस्ट प्रदर्शन गरे, उनले Omar Marmoush को पेनाल्टी समेत रोकेका थिए ।

इन्ग्लिश प्रिमियर लिग :
मिति १६ मे २०२५, मा भएको प्रिमियर लिगको ३७औ हप्ताको खेलहरुमा एस्टन भिल्ला र चेल्सी आ-आफ्नो खेलमा जित हासिल गरेका छन् । एस्टन भिल्लाले टोटेन्हमलाइ २-० ले पराजित गर्यो, जसमा एस्टन भिल्लाका Ezri Konsa र Boubacar Kamara ले गोल गरे । अर्को खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाइ १-० ले पराजित गर्यो । चेल्सीका Marc Cucurella ले गोल गरे । म्यानचेस्टर युनाइटेड र टोटेन्हम हालसम्मको अंक तालिकामा १६औ र १७औ स्थानमा आसिन रहेका छन् । म्यानचेस्टर युनाइटेड र टोटेन्हम यसै सिजनको यूरोपा लिगको दुइ फाइनालिस्ट पनि हुन् ।

बुंडेसालिगा जर्मन :
गत राति भएको बुन्डेसालिगा अनातार्गतको लिग अन्तिम चरणको खेलहरु सम्प्पन भए । यस खेल अगाडी नै लिग च्याम्पियन भएको बायर्न म्युनिखले आफ्नो खेल जित्यो भने डर्टमण्डले पनि खेल जित्दै लिगको चौथो स्थानमा रहदै आउने सिजनको च्याम्पियन्स लिगमा स्थान बनायो । यस अगाडिको खेल सम्म डर्टमण्ड पाचौ स्थानमा थियो र चौथो स्थानमा SC Freiburg रहेको थियो । फ्रान्कफर्टले SC Freiburg लाइ हराईदिदा त्येसको फाइदा डर्टमण्डलाइ भएको छ ।

यस सिजनको अन्तिम खेल पछीको अंक तालिका एस्तो रहेको छ :

अंक तालिका

Pos Club GP W D L F A GD P
1 Bayern Munich 34 25 7 2 99 32 67 82
2 Bayer Leverkusen 34 19 12 3 72 43 29 69
3 Eintracht Frankfurt 34 17 9 8 68 46 22 60
4 Borussia Dortmund 34 17 6 11 71 51 20 57
5 SC Freiburg 34 16 7 11 49 53 -4 55
6 Mainz 34 14 10 10 55 43 12 52
7 RB Leipzig 34 13 12 9 53 48 5 51
8 Werder Bremen 34 14 9 11 54 57 -3 51
9 VfB Stuttgart 34 14 8 12 64 53 11 50
10 Borussia Monchengladbach 34 13 6 15 55 57 -2 45
11 VfL Wolfsburg 34 11 10 13 56 54 2 43
12 FC Augsburg 34 11 10 13 35 51 -16 43
13 FC Union Berlin 34 10 10 14 35 51 -16 40
14 St. Pauli 34 8 8 18 28 41 -13 32
15 TSG Hoffenheim 34 7 11 16 46 68 -22 32
16 FC Heidenheim 1846 34 8 5 21 37 64 -27 29
17 Holstein Kiel 34 6 7 21 49 80 -31 25
18 VfL Bochum 34 6 7 21 33 67 -34 25

Positions 1, 2, 3, 4: Champions League

Position 5: Europa League

Position 6: Conference League qualifying

Position 16: Relegation playoff

Positions 17, 18: Relegation