काठमाडौँ, असोज १५ गते । नापी कार्यालय कलंकी, काठमाडौँका सर्वेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध चार करोड ७४ लाख ४६ हजार ८१३ रुपियाँ अस्वाभाविक सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठ सार्वजनिक सेवामा प्रवेश गर्नुभएको मिति २०५३ साउन २७ देखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी आय-व्ययको विश्लेषण गरिएको थियो। सो अवधिमा निज तथा एकाघर परिवारको कुल वैधानिक आय सात करोड ७५ लाख ७८ हजार ८४० रुपियाँ मात्र देखिएको छ।
तर सोही अवधिमा श्रेष्ठ परिवारको कुल खर्च तथा लगानी (जग्गा खरिद, घर निर्माण, सेयर, सवारी साधन, छोरीहरूको पढाइ खर्च र ऋण भुक्तानी आदि) १२ करोड ५० लाख २५ हजार ६५४ रुपियाँ भेटिएको छ। यसरी वैधानिक आयको तुलनामा कुल व्यय अस्वाभाविक रूपमा अधिक देखिएपछि गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सर्वेक्षक सुबिन्द्र श्रेष्ठ र गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उहाँकी पत्नी कमला श्रेष्ठलाई समेत प्रतिवादी बनाउँदै ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।
| विवरण (Detail) | स्थिति/तथ्य (Status/Fact) |
| आरोपित व्यक्ति | सुबिन्द्र श्रेष्ठ (सर्वेक्षक, नापी कार्यालय कलंकी) र कमला श्रेष्ठ (पत्नी) |
| मुद्दा दायर गर्ने निकाय | अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) |
| मुद्दा दायर गरिएको अदालत | विशेष अदालत, काठमाडौँ |
| जाँच अवधि | २०५३ साउन २७ देखि २०८१ चैत २९ गतेसम्म |
| कुल वैधानिक आय | रु. ७,७५,७८,८४०/- |
| कुल व्यय/लगानी | रु. १२,५०,२५,६५४/- |
| विगो (गैरकानुनी सम्पत्ति) | रु. ४,७४,४६,८१३/- (चार करोड ७४ लाख ४६ हजार ८१३ रुपियाँ) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































