काठमाडौँ, असोज १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार वसन्तपुरस्थित हनुमानढोका दरबारक्षेत्रमा रहेको कुमारी घर पुगी जीवित देवी कुमारीको हातबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको छ।
हरेक वर्ष इन्द्रजात्राको अन्तिम दिन राष्ट्राध्यक्षले श्रीकुमारीबाट टीका-प्रसाद ग्रहण गर्ने परम्परा अनुसार राष्ट्रपति पौडेल सो स्थानमा पुग्नुभएको हो।


सो अवसरमा राष्ट्रपति पौडेलले श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नुका साथै परम्परा अनुसार कुमारीसँग खड्ग साट्नुभएको थियो। भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु भएको आठ दिन लामो ऐतिहासिक इन्द्रजात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्रा मानिन्छ।


इन्द्रजात्राको अन्तिम दिन ‘नानिचाः‘ का अवसरमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथलाई महिलाहरूले मात्र तानेका छन्। नानिचाको दिन नरदेवी, भेडासिंह, किलागल, इन्द्रचोक र मखन हुँदै वसन्तपुरसम्म महिलाहरूले रथयात्रा सञ्चालन गरेका हुन्। काठमाडौँमा २०६९ सालदेखि महिलालाई मात्र रथ तान्न दिने परम्पराको सुरुआत गरिएको हो।


जात्राका क्रममा वसन्तपुर क्षेत्रमा मजिपाः लाखे, इन्द्रकी आमा दाँगी, किलागलको पुलुंकिसि, सवः भक्कुलगायत विभिन्न पौराणिक तथा सांस्कृतिक नाचहरू प्रदर्शन गरिएका थिए। स्वर्गलोकका राजा इन्द्र पारिजातको फूल लिन काठमाडौँ आउँदा पाता कसिएका र पछि उहाँकी आमाले छुटाएर लगेको पौराणिक किंवदन्तीको सम्झनामा यो जात्रा मनाइँदै आइएको छ।
| विवरण (Detail) | स्थिति/तथ्य (Status/Fact) |
| टीका ग्रहण गर्ने राष्ट्राध्यक्ष | राष्ट्रपति रामचन्द्र पौडेल |
| मुख्य सांस्कृतिक परम्परा | जीवित देवी कुमारीबाट टीका-प्रसाद ग्रहण र खड्ग साट्ने |
| अन्तिम दिन (नानिचाः) को मुख्य आकर्षण | महिलाहरूद्वारा मात्र श्रीकुमारी, गणेश र भैरवको रथयात्रा |
| काठमाडौँमा महिलाले रथ तान्न थालेको वर्ष | २०६९ सालदेखि |
| प्रदर्शित प्रमुख सांस्कृतिक नाचहरू | मजिपाः लाखे, दाँगी, पुलुंकिसि, सवः भक्कु आदि |
| जात्रा व्यवस्थापन समिति अध्यक्ष | गौतम शाक्य |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































