काठमाडौँ, असोज १२ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सेवामा सहजीकरण गरिदिने बहानामा घुस माग गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध आरोपपत्र दर्ता गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीविरुद्ध २८ लाख २० हजार ३७५ रुपियाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।
यस्तै घटनामा संलग्न अन्य तीन जना आरोपीहरू रुपन्देही बुटवलका वसन्त कुवर बस्न्यात क्षेत्रीविरुद्ध आठ लाख ९४ हजार पाँच सय रुपियाँ, दोलखा मेलुङकी रस्मिता श्रेष्ठविरुद्ध १४ लाख ९३ हजार ३७५ रुपियाँ र कैलाली गोदावरीका सुरेश चौधरीविरुद्ध दुई लाख ६९ हजार रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
आयोगका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रदान गरिने सेवाहरूमा अनुचित प्रभाव पारी घुस रकम लिएको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरमा सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
| अभियुक्तको नाम (Name) | ठेगाना/पद (Address/Designation) | बिगो दाबी रकम (Claimed Amount) |
| अर्जुन अधिकारी | खाद्य अनुसन्धान अधिकृत (विभाग) | रु. २८,२०,३७५/- |
| रस्मिता श्रेष्ठ | मेलुङ गापा-६, दोलखा | रु. १४,९३,३७५/- |
| वसन्त कुवर बस्न्यात क्षेत्री | बुटवल उपमहानगर-९, रुपन्देही | रु. ८,९४,५००/- |
| सुरेश चौधरी | गोदावरी नगरपालिका-६, कैलाली | रु. २,६९,०००/- |
| मुद्दा दायर गर्ने निकाय | अख्तियार दुरुपयोग अनुसन्धान आयोग | विशेष अदालत, काठमाडौँ |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































