काठमाडौँ, असोज ११ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका अनियमितता तथा भ्रष्टाचारसम्बन्धी उजुरीहरूमध्ये सबैभन्दा धेरै उजुरी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेका छन्।
आयोगको ३६ औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाहरूविरुद्ध कुल ४४१ वटा उजुरी परेका छन्, जसमध्ये ८१ वटा उजुरी अघिल्लो वर्षबाट सरेर आएका थिए।
आयोगको गत वर्षको ३५ औँ प्रतिवेदनमा सबैभन्दा धेरै उजुरी परेको पोखरा महानगरपालिका यस पटक ३७२ वटा उजुरीसहित दोस्रो स्थानमा छ। सबैभन्दा धेरै उजुरी पर्ने प्रमुख १० स्थानीय तहहरूमध्ये आठ वटा मधेश प्रदेशका रहेका छन् भने बागमती र गण्डकी प्रदेशका एक–एक वटा पालिका समेटिएका छन्। मधेश प्रदेशका आठ पालिकाहरूमा बाराका तीन, पर्साका दुई, धनुषाका दुई र सिराहाको एक पालिका रहेका छन्।
आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको ३६ औँ वार्षिक प्रतिवेदन अनुसार आव २०८२/८३ मा कुल ४० हजार ८४२ वटा उजुरी कायम भएका छन्। कुल उजुरीमध्ये ३३ हजार ५१९ वटा नयाँ दर्ता भएका हुन् भने बाँकी अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका हुन्। तहगत आधारमा कुल उजुरीको सबैभन्दा धेरै अर्थात् ४९.०३ प्रतिशत (२० हजार २५ वटा) उजुरी स्थानीय तहसँग मात्रै सम्बन्धित छन्।
दर्ता भएका उजुरीमध्ये प्रारम्भिक छानबिन र स्क्रिनिङका माध्यमबाट ३२ हजार ८२३ वटा उजुरी फर्स्योट भइसकेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। सूचीको १० औँ स्थानमा रहेको बाराको पचरौता नगरपालिकाविरुद्ध सबैभन्दा थोरै १४८ वटा उजुरी परेका छन्।
सबैभन्दा धेरै उजुरी परेका १० स्थानीय तह
| क्र.सं. | स्थानीय तह (Local Body) | जिल्ला/प्रदेश | उजुरी सङ्ख्या (Complaints) |
| १ | काठमाडौँ महानगरपालिका | काठमाडौँ (बागमती) | ४४१ |
| २ | पोखरा महानगरपालिका | कास्की (गण्डकी) | ३७२ |
| ३ | विदेह नगरपालिका | धनुषा (मधेश) | २४५ |
| ४ | छिपहरमाई गाउँपालिका | पर्सा (मधेश) | २४५ |
| ५ | जनकपुर उपमहानगरपालिका | धनुषा (मधेश) | २०२ |
| ६ | सिराहा नगरपालिका | सिराहा (मधेश) | १७५ |
| ७ | जितपुरसिमरा उपमहानगरपालिका | बारा (मधेश) | १६९ |
| ८ | सुवर्ण गाउँपालिका | बारा (मधेश) | १६६ |
| ९ | वीरगञ्ज महानगरपालिका | पर्सा (मधेश) | १५२ |
| १० | पचरौता नगरपालिका | बारा (मधेश) | १४८ |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























