09/22/2026, 22:06:17
मङ्गलबार, असोज ०६, २०८३

लाइसेन्स छपाइ र वितरण सहज बनाउन त्रिपक्षीय सम्झौता: अब घरमै पुग्ने सम्भावना


काठमाडौँ, असोज ६ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटोछरितो र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबिच मंगलबार पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार यातायात व्यवस्था विभागद्वारा सञ्चालित विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएल भीआरएस) मार्फत जारी हुने लाइसेन्सको विवरण (डाटा) अब सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जानेछ। सोही प्रणालीमार्फत सुरक्षण मुद्रण केन्द्रले छपाइको कार्य सम्पन्न गर्ने व्यवस्था मिलाइएको छ।

प्रणालीबाट जारी भएका लाइसेन्सहरू सम्बन्धित प्रदेश कार्यालयहरूमा वितरणका लागि पठाउने वा सेवाग्राहीले चाहेको/इच्छाएको ठेगानामै सुरक्षित रूपमा पुर्‍याउने कार्यलाई थप व्यवस्थित बनाउन यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

हुलाक सेवा विभागको सञ्जाललाई उपयोग गर्दै सेवाग्राहीका घर-दैलोमा लाइसेन्स पुर्‍याउने र छपाइको ढिलाइ अन्त्य गर्ने लक्ष्यका साथ यो बहुपक्षीय सहकार्य अघि बढाइएको हो।

क्रम संख्यामुख्य विषय / क्षेत्रविवरण तथा कारण
सम्झौताकर्ता निकायहरूयातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्र।
छपाइ प्रक्रियाईडीएल भीआरएस प्रणालीको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रमा गई छपाइ हुने।
वितरण व्यवस्थापनप्रदेश कार्यालयमार्फत वा सेवाग्राहीले इच्छाएको ठेगानामा हुलाकमार्फत लाइसेन्स पुर्‍याइने।
मुख्य उद्देश्यलाइसेन्स छपाइ र वितरणलाई प्रविधिमैत्री, झन्झटरहित र पहुँचयोग्य बनाउनु।