09/21/2026, 09:20:37
सोमबार, असोज ०५, २०८३

काठमाडौँका विभिन्न क्षेत्रमा ११ दिन रातको समयमा बिजुली काटिने: कुन क्षेत्रमा कहिले प्रभावित? (तालिका सहित)


काठमाडौँ, असोज ५ गते । नेपाल विद्युत् प्राधिकरणले टेकु सबस्टेसनको प्राविधिक स्तरोन्नति तथा वितरण लाइन सुदृढीकरणका लागि काठमाडौँका विभिन्न क्षेत्रमा ११ दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ। मर्मत-सम्भारको कामलाई गति दिन कुनै एक फिडरमा बढीमा दुई दिन रातिको समयमा तीन घण्टाका दरले विद्युत् आपूर्ति बन्द गरिने भएको हो।

प्राधिकरणका अनुसार टेकु सबस्टेसनको ११ केभी प्यानलमा रहेका पुराना रिले हटाएर नयाँ रिले जडान गर्ने, सबस्टेसन अटोमेसन प्रणाली जडान तथा परीक्षणका कामहरू गरिनेछ। विद्युत् प्रणालीलाई थप सुरक्षित, भरपर्दो र आधुनिक बनाउन यो कदम चालिएको र तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा तत्कालै विद्युत् आपूर्ति पुनः सुचारु गरिने आयोजना प्रमुख नीतीश पौडेलले जानकारी दिनुभएको छ।

विद्युत् कटौती मुख्यतः राति ११:०० बजेदेखि बिहान २:०० बजेसम्म वा बिहान २:०० बजेदेखि ५:०० बजेसम्मको समयमा हुनेछ। यसअन्तर्गत रत्नपार्क, पुल्चोक र कुलेश्वर वितरण केन्द्र अन्तर्गतका सुन्धारा, थापाथली, कालीमाटी, पुल्चोक, भैँसेपाटी, ताहाचल लगायतका विभिन्न फिडरहरू प्रभावित हुनेछन्।

विद्युत् आपूर्ति प्रभावित हुने फिडर तथा मितिको तालिका

क्र.सं.वितरण केन्द्रप्रभावित फिडरहरूप्रभावित हुने मिति (असोज)
रत्नपार्कसुन्धारा–१४ र ५ गते
पुल्चोक / रत्नपार्कसुन्धारा–२, पुल्चोक५ र ६ गते
पुल्चोक / रत्नपार्कबागमती, थापाथली, मिन्ट६, ७ र ८ गते
पुल्चोक / रत्नपार्कभैँसेपाटी, रिङरोड, कालीमाटी, भीमसेनस्थान७, ८, ९, १० र ११ गते
रत्नपार्कक्षेत्रपाटी, त्रिपुरेश्वर१०, १२ र १३ गते
कुलेश्वरताहाचल, चमती, कुलेश्वर, कीर्तिपुर१२, १३ र १४ गते