

लेखनाथ, असोज ३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालको संविधान, २०७२ को प्रभावकारी कार्यान्वयनबाटै देशको समुन्नति र सुशासन सम्भव भएको बताउनुभएको छ।
सङ्घीयताको सफल कार्यान्वयनले मात्रै संविधानले परिकल्पना गरेको समावेशी, सन्तुलित र जनमुखी शासन प्रणालीलाई संस्थागत गर्न सकिने उहाँको भनाइ छ।
मुख्यमन्त्री पाण्डेले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र सहअस्तित्वको भावना व्यवहारमै सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ। प्रदेशका संवैधानिक अधिकारको प्रयोग, कानुन कार्यान्वयन तथा वित्तीय सङ्घीयतालाई सबल बनाउन सङ्घ सरकारबाट आवश्यक सहजीकरण र सहयोगको अपेक्षासमेत उहाँले व्यक्त गर्नुभएको छ।
‘आत्मनिर्भर र समुन्नत प्रदेश: सुखी प्रदेशवासी’ को सङ्कल्प सार्थक बनाउन सम्पूर्ण प्रदेशवासीको साथ र सहयोगको आह्वान गर्दै मुख्यमन्त्री पाण्डेले दिगो शान्ति र विकासका लागि प्रतिबद्धता जनाउनुभएको छ।
संविधान दिवसको अवसरमा सहिदचोकमा माल्यार्पण गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मूल समारोह आयोजना गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































