काठमाडौँ, भदौ ३० गते । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व मङ्गलबार नेपाली नारीहरूले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र (सप्तऋषि) को पूजा आराधना गरी मनाउँदैछन्।
तीजको व्रत पारायण गरी बिहानै नदी, खोला वा पोखरीमा पुगेर ३६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाएर स्नान गरी पञ्चगव्य सेवन गर्नाले रजस्वलाका समयमा जानेर वा नजानेर भएका छुवाछुत लगायतका दोषहरूबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ।


धार्मिक किम्बदन्ती अनुसार इन्द्रको ब्रह्महत्याको पापको अंश स्त्रीमा रजका रूपमा सरेकाले रजस्वलाका समयमा हुने त्रुटि निवारणका लागि यो व्रत बस्ने गरिन्छ। यस दिन स्नान र पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न (सामा, कागुनो), कन्दमूल र कर्कलो खाई एक छाक हविष्य बस्ने परम्परा छ।
यस अवसरमा काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरहरूमा पूजा-आजाका लागि महिला भक्तजनको बाक्लो उपस्थिति रहने गर्दछ।
| विषय / पक्ष | विवरण तथा धार्मिक/सांस्कृतिक मान्यता |
| मुख्य गतिविधि | ३६५ दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान; पञ्चगव्य सेवन र सप्तऋषि पूजा। |
| खाद्य नियम | नरोपी उम्रेका सामा, कागुनो, कन्दमूल र कर्कलो खाई एक छाक हविष्य बस्नुपर्ने। |
| धार्मिक मान्यता | रजस्वलाका क्रममा भएका छुवाछुत तथा त्रुटिबाट मुक्ति र पाप निवारण हुने। |
| मुख्य पूजास्थल | टेकु, मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिर, नदी किनार तथा घरहरू। |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















