

काठमाडौं, भदौ २५ गते । नेपालमा हालै भएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि हाम्रो पात्रो का प्रयोगकर्ताहरूले सामूहिक रूपमा १ करोड २५ लाख रुपियाँ सहयोग गरेका छन्। विदेशमा रहेका नेपालीसहित विश्वभरका प्रयोगकर्तालाई राहत अभियानमा जोड्न हाम्रो पात्रोले सहजीकरण गरेको थियो।


उक्त रकम र अभियानमा योगदान गर्ने सम्पूर्ण सहयोगीहरूको नामावली अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सहयोग रकम पठाउँदा कुनै पनि सेवा शुल्क नलिइएकाले प्रयोगकर्ताहरूको सम्पूर्ण योगदान सोझै सरकारी राहत कोषसम्म पुगेको छ।
हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेतीका अनुसार यो रकम सम्पूर्ण प्रयोगकर्ताहरूको सामूहिक योगदान हो र हाम्रो पात्रोले माध्यमको भूमिका मात्र निर्वाह गरेको हो। विश्वभर २ करोडभन्दा बढी पटक डाउनलोड भएको यस एपका प्रयोगकर्ताहरूको यो कदमले विपद्को समयमा मानवीय एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































