09/10/2026, 16:38:45
बिहिबार, भदौ २५, २०८३

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा


काठमाडौँ, भदौ २५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले आजै प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो।

मन्त्री यादवको सचिवालयका अनुसार उद्योगी तथा व्यवसायीहरूसँग पछिल्लो समय बढेको असमझदारी र लगातारको टिकाटिप्पणीबिच उहाँले पदबाट राजीनामा दिने निर्णय गर्नुभएको हो।

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउने प्रयास र बजार अनुगमनका क्रममा उद्योगी व्यवसायीहरूसँगको विवाद चुलिँदै गएपछि मन्त्री यादवले राजीनामा बुझाउनुभएको बुझिएको छ।