

काठमाडौँ, भदौ ७ गते । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा पीडित भएका श्रमिकहरूका उजुरी फर्स्योटलाई तीव्र बनाएको छ। विभागका अनुसार गत साउन महिनाभर अनलाइनमार्फत प्राप्त ३८१ उजुरीमध्ये ८६ प्रतिशत (२८८ वटा) फर्स्योट गर्दै प्रभावित श्रमिकहरूलाई सात करोड ८१ लाख ५६ हजार ५४० रुपियाँ फिर्ता गराउन सफल भएको छ।
यस अवधिमा उद्धार तथा राहत अन्तर्गत २६ जना नेपाली श्रमिकको उद्धार गरिएको छ भने ५४ जना प्रभावित श्रमिकले एक करोड पाँच लाखभन्दा बढी क्षतिपूर्ति पाएका छन्। त्यस्तै, व्यक्तिगततर्फ दर्ता भएका ६०८ नयाँ मुद्दाहरूमध्ये ७१ वटा अदालतमा दायर गरिएका छन् भने १७८ वटा मुद्दा आपसी मिलापत्रमार्फत टुङ्ग्याइएको छ। म्यानपावर कम्पनीहरूले रकम लिएर विदेश नपठाएका पीडितहरूको ११ लाख ६३ हजार रुपियाँ समेत विभागले फिर्ता गराएको छ।
विभागकी महानिर्देशक मीरा आचार्यका अनुसार रकम तिरेको प्रमाणको अभाव र एजेन्टहरूको असुली जस्ता जटिलताका बाबजुद प्रमाणका आधारमा वास्तविक लागतबमोजिम क्षतिपूर्ति दिलाउन डिजिटल उजुरी प्रणालीमार्फत काम भइरहेको छ। साउनमा २९ वटा अनुगमन गरी दोषी पाइएकाहरूबाट ३९ लाख रुपियाँ दण्ड जरिबाना समेत असुल गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























