

काठमाडौं, साउन ३१ गते । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। सुनको मूल्य तोलामा रु. ३ हजार ६०० तथा चाँदीको मूल्य रु. ५० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३ लाख ५ हजार २०० कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला रु. ३ लाख १ हजार ६०० मा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु. ५० ले बढेर रु. ४ हजार ७१० पुगेको छ। शुक्रबार चाँदी प्रतितोला रु. ४ हजार ६६० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। प्राप्त विवरणअनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलर मा कारोबार भइरहेको छ।
स्थानीय बजारमा अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमयदर तथा माग–आपूर्तिलगायतका कारणले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव हुने गर्छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























