08/12/2026, 13:14:51
बुधबार, साउन २७, २०८३

आजको मौसम : हिमाली क्षेत्रमा हिमपातसहित वर्षाको सम्भावना


काठमाडौं । मनसुन सक्रिय रहेकाले आज देशभरको मौसममा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार हिमाली क्षेत्रमा सामान्य बदली तथा पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यूनचापीय रेखा सामान्य स्थान आसपास रहेको छ।

स्रोत : मौसम पूर्वानुमान महाशाखा