08/01/2026, 08:10:30
शनिबार, साउन १६, २०८३

धनुषामा कर्फ्यु ५ घण्टाका लागि आंशिक रूपमा खुकुलो, अत्यावश्यक सामान खरिद गर्न पाइने

सर्वसाधारणको सहजताका लागि बिहान ५ देखि १० बजेसम्म खाद्यान्न तथा अत्यावश्यक वस्तु खरिदका लागि खुला


धनुषा, साउन १६ गते। धनुषा जिल्ला प्रशासन कार्यालयले जारी कर्फ्युलाई शनिबार बिहान ५ देखि १० बजेसम्म आंशिक रूपमा खुकुलो बनाएको छ। सर्वसाधारणलाई दूध, तरकारी, फलफूल तथा खाद्यान्न जस्ता अत्यावश्यक वस्तु खरिद गर्न सहज बनाउन यो निर्णय गरिएको हो।

प्रशासनले तोकिएको ५ घण्टाभित्र सामान खरिद गरी घर फर्कन र त्यसपछि कर्फ्युको पूर्ण पालना गर्न आग्रह गरेको छ। अस्पताल, फार्मेसी, हवाई सेवा, एम्बुलेन्स, सञ्चार लगायतका अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन हुनेछन्। सम्बन्धित परिचयपत्र भएका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र बिरामीलाई आवतजावतमा छुट दिइएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले शान्ति–सुव्यवस्था कायम राख्न सर्वसाधारणसँग सहयोगको अपील गर्नुभएको छ।