काठमाडौँ, साउन ११ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ २१ पैसा र बिक्रीदर १५४ रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ३१ पैसा र बिक्रीदर १७५ रुपियाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ४६ पैसा र बिक्रीदर २०६ रुपियाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ४९ पैसा र बिक्रीदर १८९ रुपियाँ २२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ६५ पैसा र बिक्रीदर १०८ रुपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ४१ पैसा र बिक्रीदर १०९ रुपियाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ४८ पैसा र बिक्रीदर ११९ रुपियाँ ९५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४१ पैसा र बिक्रीदर नौ रुपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७७ पैसा र बिक्रीदर २२ रुपियाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ ०८ पैसा र बिक्रीदर ४१ रुपियाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ३२ पैसा र बिक्रीदर ४२ रुपियाँ ४८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ९९ पैसा र बिक्रीदर ४२ रुपियाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६९ पैसा र बिक्रीदर ३७ रुपियाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ५७ पैसा र बिक्रीदर १० रुपियाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८८ पैसा र बिक्रीदर १५ रुपियाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४६ पैसा र बिक्रीदर २३ रुपियाँ ५५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६६ पैसा र बिक्रीदर १९ रुपियाँ ७४ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपियाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपियाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपियाँ ९९ पैसा बिक्रीदर ४१० रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ४०० रुपियाँ ५३ पैसा र बिक्रीदर ४०२ रुपियाँ ०९ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































