बर्दिया, साउन ३ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०८२/०८३ मा २७ हजार २५ जना पर्यटकले भ्रमण गरेका छन् ।
सहजै बाघ देख्न सकिने यस निकुञ्जमा १८ हजार ९ सय ७ नेपाली, १ हजार २ सय १७ सार्क मुलुकका र ६ हजार ९ सय १ जना अन्य बाह्य पर्यटक भित्रिएका हुन् ।
आन्दोलन र चुनावका कारण अघिल्लो आर्थिक वर्ष (२८ हजार ६७ पर्यटक) को तुलनामा गत वर्ष पर्यटक संख्यामा केही कमी आएको निकुञ्ज प्रशासनले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा भने २६ हजार १ सय ३१ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
निकुञ्जमा नेपालीलाई १ सय, सार्क पर्यटकलाई ७ सय ५० र अन्य विदेशीलाई १ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क लाग्ने गर्दछ ।
आर्थिक वर्ष २०८२/०८३ मा पर्यटक प्रवेश र थप सुविधा (जंगल ड्राइभ, र्याफ्टिङ, फिसिङ) बाट कुल २ करोड ६८ लाख ७ हजार ९ सय २५ रुपैयाँ राजश्व संकलन भएको सूचना अधिकारी महेश न्यौपानेले जानकारी दिनुभयो । यो निकुञ्जको कुल राजश्व (४ करोड ३२ लाख ५१ लाख ४ सय ५४ रुपैयाँ) को करिब ६२ प्रतिशत हो ।
प्रमुख संरक्षण अधिकृत अशोक कुमार रामका अनुसार आन्तरिक पर्यटक केही घटे पनि नेपालीमा घुम्ने संस्कृतिको विकास भएकाले आगामी वर्ष पर्यटक बढ्ने विश्वास छ । हात्तीसार, गोही प्रजनन केन्द्र, जंगल सफारी र जंगल वाल्कका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको मुख्य रोजाइमा पर्ने गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































