08/08/2026, 00:58:19
शुक्रबार, साउन २२, २०८३
आप्रवासी भर्ना लागत सर्वेक्षण–२०२३

मलेसियामा नेपाली श्रमिकको कमाइ खाडी देशको भन्दा राम्रो, कृषि क्षेत्रमा सबैभन्दा कम

फ्री भिसा, फ्री टिकट' कागजमै सीमित, एजेन्टमार्फत जानेको लागत उच्च लैङ्गिक र सिप अनुसार आम्दानीमा ठुलो अन्तर


काठमाडौँ, असार ३० गते । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘आप्रवासी भर्ना लागत सर्वेक्षण–२०२३’ अनुसार पुरुष श्रमिकको औसत मासिक आम्दानी ६४ हजार ७२१ रुपियाँ रहँदा महिलाको आम्दानी भने ४८ हजार ६४७ रुपियाँ मात्र सीमित देखिएको छ।

प्रमुख देशहरूमा औसत मासिक कमाइ:

  • मलेसिया: रु ५७,६९६
  • कतार र युएई: करिब रु ५५,०००
  • भारत: रु २६,०८३ (सबैभन्दा कम)

लैङ्गिक र सिप अनुसारको भिन्नता
सर्वेक्षणले श्रमिकको लिङ्ग र सिपका आधारमा आम्दानीमा ठुलो अन्तर देखाएको छ:

  • पुरुषको औसत आम्दानी: रु ६४,७२१
  • महिलाको औसत आम्दानी: रु ४८,६४७
  • उच्च सिपयुक्त पेसा: रु ६९,८९१
  • सेवा क्षेत्र: रु ६५,३४५
  • कृषि क्षेत्र: रु ३४,५२८ (सबैभन्दा कम)

लागत र कार्यान्वयनको अवस्था
सरकारले मलेसिया र खाडी मुलुकमा ‘फ्री भिसा र फ्री टिकट‘ को नियम लागु गरे पनि यो पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।

  • केवल ३४.७ प्रतिशत श्रमिक मात्र शून्य लागतमा विदेश गएका छन्।
  • विदेश जान महिलाले औसत २ लाख १९ हजार ३६२ रुपियाँ र पुरुषले १ लाख ७६ हजार ६८६ रुपियाँ खर्च गर्ने गरेका छन्।
  • एजेन्टमार्फत जाने श्रमिकको लागत सबैभन्दा उच्च छ, जसलाई आफ्नो लगानी उठाउन मात्रै औसत ४.८ महिनाको कमाइ खर्चनुपर्छ।