

काठमाडौँ, असार २८ गते । ऋण असुलीबाट शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप पीडितले रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सो सहकारी संस्थाका थप ९६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको हो । अहिलेसम्म उक्त सहकारीका कुल एक हजार २१३ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाइसकेको जनाइएको छ ।
पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























