काठमाडौँ, जेठ २६ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८४ पैसा र बिक्रीदर १५३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ३९ पैसा र बिक्रीदर १७७ रुपियाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ २६ पैसा र बिक्रीदर २०५ रुपियाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपियाँ र बिक्रीदर १९२ रुपियाँ ७५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ १२ पैसा र बिक्रीदर १०८ रुपियाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ७० पैसा र बिक्रीदर ११० रुपियाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ७२ पैसा र बिक्रीदर ११९ रुपियाँ १८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५३ पैसा र बिक्रीदर २२ रुपियाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७० पैसा र बिक्रीदर ४० रुपियाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९२ पैसा र बिक्रीदर ४२ रुपियाँ ०९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६६ पैसा र बिक्रीदर चार रुपियाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६१ पैसा र बिक्रीदर ४१ रुपियाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५२ पैसा र बिक्रीदर ३७ रुपियाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २३ पैसा र बिक्रीदर १६ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६० पैसा र बिक्रीदर २३ रुपियाँ ६९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५० पैसा र बिक्रीदर १९ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपियाँ ४५ पैसा र बिक्रीदर ४९९ रुपियाँ ४० पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ३० पैसा र बिक्रीदर ४०६ रुपियाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपियाँ ९७ पैसा र बिक्रीदर ३९८ रुपियाँ ५२ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































