म्याग्दी, जेठ २१ गते । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार विविध कार्यक्रमका साथ ७६औँ आरोहण दिवस मनाइएको छ ।
चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरदेखि नारच्याङसम्म खुला दौड प्रतियोगिता, पदयात्रा, आरोही र आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको विकास तथा प्रवर्द्धनमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान र सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाइएको हो ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिज हेर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । पर्यटन विभागको अभिलेखअनुसार आरोहणका हिसाबले जोखिमयुक्त मानिने अन्नपूर्णमा ७६ वर्षको अवधिमा ५७२ जनाले आरोहण गरेका छन् ।
नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा अन्नपूर्ण आरोहण दिवस मनाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । दिवसका अवसरमा आयोजित रु एक लाख २५ हजार पुरस्कार राशिको ३१ दशमलव छ किलोमिटर दूरीको दोस्रो अन्नपूर्ण हेर्जोग दौड प्रतियोगिता पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बू र महिलातर्फ डोल्पाकी सुनसरी रोका विजयी भएका छन् ।
एथ्लेटिक्स संघ गण्डकी र नेपाल भूतपूर्व खेलाडी मञ्चको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा नौ महिला र १२ जना पुरुष सहभागी भएको सो प्रतियोगिता अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए । लिम्बूले दुई घण्टा चार मिनेट र रोकाले दुई घण्टा ४७ मिनेट १६ सकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गर्नुभएको हो । उनका अनुसार पुरुषतर्फ मनकुमार रोका काठमाडौँले दुई घण्टा १६ मिनेट ११ सकेन्डमा दूरी पार गरेर दोस्रो र दुई घण्टा २३ मिनेट १२ सकेन्डमा दूरी पार गरेर अर्जुन कुलिङ सोलुखुम्बुले तेस्रो स्थान हासिल गरेका छन्।
यसैगरी, महिलातर्फ पुष्पा शेरमा पाँचथरले दुई घण्टा ५२ मिनेट सात सकेन्डमा दूरी पार गरेर दोस्रो र निर्मला राई (खोटाङ)ले २ घण्टा ५३ मिनेट ३० सकेन्डमा उक्त दूरी पार गरेर तेस्रो भएका छन् । यसैगरी, प्रतियोगितामा पुरुषतर्फ लोकेन्द्र राई (सोलुखुम्बु), होमलाल श्रेष्ठ (रामेछाप), सनम गुरुङ (तनहुँ) र महिलातर्फ सन्देभा बुढा (जुम्ला), आशमा विक (रोल्पा), भिमु बुढा (जुम्ला)ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. एक लाख २५ हजार, दोस्रोलाई रु. ७५ हजार, तेस्रोलाई रु. ४३ हजार ७५० नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई रु. १२ हजार ५०० का दरले नगद पुरस्कारसहित सम्मान गरिएको थियो । तीन पटकसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका छाङ्वा शेर्पा र महिला आरोही माया शेर्पालाई सम्मान गरिएको छ । मौरिस हर्जोग पदमार्गको पहिचान गरेका तेजबहादुर गुरुङ, उद्धारकर्मी इन्द्रसिंह शेरचन, नक्सा तयार पारेका चित्रबहादुर तिलिजा, प्रचारप्रसारमा योगदान गर्ने नेपाल पत्रकार महासङ्घ र सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)लाई सम्मान गरिएको थियो ।
नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्सा र ‘मौरिस हेर्जोग’ नामकरण गरेको थियो । दिवसको अवसरमा नारच्याङको मौलिक पुर्ख्यौली र स्थानीय कलाकारहरूबाट नृत्य प्रस्तुत गरिएको वडा सदस्य श्याम पुर्जाले बताए ।
। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार विविध कार्यक्रमका साथ ७६औँ आरोहण दिवस मनाइएको छ ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!