05/30/2026, 09:15:48
शनिबार, जेठ १६, २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, जेठ १६ गते । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपियाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३१ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ७६ रुपियाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपियाँ ३४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर दुई सय तीन रुपियाँ ५९ पैसा र बिक्रीदर दुई सय चार रुपियाँ ३९ पैसा तथा स्वीस फ्राङ्क एकको खरिददर एक सय ९३ रुपियाँ ८३ र बिक्रीदर एक सय ९४ रुपियाँ ६० पैसा निर्धारण गरिएको छ ।

यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर एक सय आठ रुपियाँ ६४ पैसा र बिक्रीदर एक सय नौ रुपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर एक सय ९० रुपियाँ ८४ पैसा र बिक्रीदर एक सय १० रुपियाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय १८ रुपियाँ ७६ पैसा र बिक्रीदर एक सय १९ रुपियाँ २३ पैसा कायम गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ४२ पैसा र बिक्रीदर २२ रुपियाँ ५१ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ४३ पैसा र बिक्रीदर ४० रुपियाँ ५९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ६६ पैसा र बिक्रीदर ४१ रुपियाँ ८२ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ६६ पैसा र बिक्रीदर चार रुपियाँ ६८ पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपियाँ ३१ पैसा र बिक्रीदर ४१ रुपियाँ ४७ पैसा तोकिएको छ ।

मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपियाँ २६ पैसा र बिक्रीदर ३८ रुपियाँ ४१ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४१ पैसा र बिक्रीदर १६ रुपियाँ ४७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६४ पैसा र बिक्रीदर २३ रुपियाँ ७३ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३६ पैसा र बिक्रीदर १९ रुपियाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ९४ रुपियाँ ६२ पैसा र बिक्रीदर पाँच सय ९६ रुपियाँ ६१, बहराइन दिनार एकको खरिददर चार सय दुई रुपियाँ ३९ पैसा र बिक्रीदर चार सय तीन रुपियाँ ९८ पैसा तथा ओमानी रियाल एकको खरिददर तीन सय ९४ रुपियाँ ०५ पैसा र बिक्रीदर तीन सय ९५ रुपियाँ ६१ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..