05/28/2026, 12:04:24
बिहिबार, जेठ १४, २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, जेठ १४ गते । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५२ रुपियाँ ८१ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ ४१ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ७७ रुपियाँ ८४ पैसा र बिक्रीदर एक सय ७७ रुपियाँ ५४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर दुई सय पाँच रुपियाँ ३२ पैसा र बिक्रीदर दुई सय छ रुपियाँ १२ पैसा तथा स्वीस फ्राङ्क एकको खरिददर एक सय ९४ रुपियाँ ३२ र बिक्रीदर एक सय ९५ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ ।

यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर एक सय आठ रुपियाँ ९७ पैसा र बिक्रीदर एक सय नौ रुपियाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर एक सय १० रुपियाँ ४२ पैसा र बिक्रीदर एक सय १० रुपियाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय १९ रुपियाँ ६० पैसा र बिक्रीदर एक सय २० रुपियाँ ०७ पैसा कायम गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५३ पैसा र बिक्रीदर २२ रुपियाँ ७२ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७२ पैसा र बिक्रीदर ४० रुपियाँ ८८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९४ पैसा र बिक्रीदर ४२ रुपियाँ १० पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ६९ पैसा र बिक्रीदर चार रुपियाँ ७० पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपियाँ ६१ पैसा र बिक्रीदर ४१ रुपियाँ ७७ पैसा तोकिएको छ ।

मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८ रुपियाँ ६९ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपियाँ २० पैसा र बिक्रीदर १० रुपियाँ २४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४९ पैसा र बिक्रीदर १६ रुपियाँ ५५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ८० पैसा र बिक्रीदर २३ रुपियाँ ८९ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५१ पैसा र बिक्रीदर १९ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ९५ रुपियाँ २४ पैसा र बिक्रीदर पाँच सय २०, बहराइन दिनार एकको खरिददर चार सय पाँच रुपियाँ ३३ पैसा र बिक्रीदर चार सय छ रुपियाँ ९२ पैसा तथा ओमानी रियाल एकको खरिददर तीन सय ९६ रुपियाँ ९० पैसा र बिक्रीदर तीन सय ९८ रुपियाँ ४६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..