काठमाडौँ, जेठ ११ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८१ पैसा र बिक्रीदर १५३ रुपियाँ ४१ पैसा कायम गरिएको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ३१ पैसा र बिक्रीदर १७८ रुपियाँ रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपियाँ २३ पैसा र बिक्रीदर २०६ रुपियाँ ४ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपियाँ २० पैसा र बिक्रीदर १९४ रुपियाँ ५७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ८५ पैसा तथा बिक्रीदर १०९ रुपियाँ २७ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ ७६ पैसा र बिक्रीदर १११ रुपियाँ १९ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ३४ पैसा र बिक्रीदर ११९ रुपियाँ ८१ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५९ पैसा र बिक्रीदर २२ रुपियाँ ५८ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७२ पैसा र बिक्रीदर ४० रुपियाँ ८८ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९४ पैसा र बिक्रीदर ४२ रुपियाँ १० पैसा कायम गरिएको छ ।
थाई भाट एकको खरिददर चार रुपियाँ ६७ पैसा र बिक्रीदर चार रुपियाँ ६९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६१ पैसा तथा बिक्रीदर ४१ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ५१ पैसा र बिक्रीदर ३८ रुपियाँ ६६ पैसा कायम गरिएको छ ।
त्यसैगरी, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपियाँ ७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा रहेको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ३१ पैसा र बिक्रीदर १६ रुपियाँ ३७ पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ७१ पैसा र बिक्रीदर २३ रुपियाँ ८० पैसा कायम गरिएको छ ।
हङ्कङ डलर एकको खरिददर १९ रुपियाँ ५० पैसा र बिक्रीदर १९ रुपियाँ ५८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ आठ पैसा तथा बिक्रीदर ५०० रुपियाँ ३ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ २८ पैसा र बिक्रीदर ४०६ रुपियाँ ८७ पैसा कायम गरिएको छ । ओमानी रियाल एकको खरिददर ३९६ रुपियाँ ९० पैसा र बिक्रीदर ३९८ रुपियाँ ४६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































