

काठमाडौँ, जेठ ४ गते । समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन सुरू गरेको छ । सोही क्रममा सोमबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ सय ७८ जना पीडितलाई कुल १३ लाख ९९ हजार २ सय १६ रुपैयाँ फिर्ता गरेको छ ।
सोमबार बचत फिर्ता पाउने सहकारीका बचतकर्तामध्ये कान्तिपुर सहकारीका २ सय १५ जनालाई, ९ लाख ८९ हजार ७ सय १६ रुपैयाँ, पशुपति सहकारीका ७ जनालाई ४१ हजार ४ सय ६५ रुपैयाँ र शिवशिखर सहकारीका १ सय ५६ जनालाई ३ लाख ६८ हजार ३५ रुपैयाँ गरी करिब १४ लाख रुपैयाँ फिर्ता गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए ।
यसअघि घोषणा गरिएअनुसार समितिले सोमबारदेखि १० हजार रुपैयाँभन्दा कम बचत रहेका पीडितलाई पैसा फिर्ता दिने काम सुरू भएको हो । यो क्रमले अब निरन्तरता पाउने समितिले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































