नवलपुर, जेठ ३ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु. १ च. ३५२३ नम्बरको कार आँफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।


दुर्घटनामा कार चालक महोत्तरी मतिहानी नगरपालिका–३ का ६० वर्षीय श्रीनारायण यादवको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। घटनास्थलमा प्रहरी टोली खटिई अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
– बोमलाल गिरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































