काठमाडौँ, जेठ १ गते । राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ । त्यसअगाडि परिषद्ले एन्फालाई चैत ११ मा तीन महिना निलम्बन गरेको थियो ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, परिषद्का सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका महासचिव किरण राई तथा प्रवक्ता सुरेश शाहबीच बसेको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो ।
प्रवक्ता सुरेश शाहका अनुसार निलम्बनको निर्णय बिनासर्त फिर्ता लिएको हो । परिषद्ले एन्फाको चैत १३ को प्रस्तावित चुनावलाई लिएर निलम्बन गर्ने निर्णय गरेको हो ।
बैठकमा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार सिद्धि व्यञ्जनकार पनि उपस्थित थिए ।
– हिमेश
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































