काठमाडौँ, वैशाख ३० गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपियाँ ७१ पैसा र बिक्रीदर १५३ रुपियाँ ३१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७९ रुपियाँ ३१ पैसा र बिक्रीदर १८० रुपियाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ७२ पैसा र बिक्रीदर २०७ रुपियाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपियाँ ५३ पैसा र बिक्रीदर १९६ रुपियाँ ३० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपियाँ ३५ पैसा र बिक्रीदर ११० रुपियाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपियाँ ३९ पैसा र बिक्रीदर १११ रुपियाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ०२ पैसा र बिक्रीदर १२० रुपियाँ ४९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६९ पैसा र बिक्रीदर नौ रुपियाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ४८ पैसा र बिक्रीदर २२ रुपियाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७० पैसा र बिक्रीदर ४० रुपियाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८६ पैसा र बिक्रीदर ४२ रुपियाँ ०६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ७१ पैसा र बिक्रीदर चार रुपियाँ ७३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ५८ पैसा र बिक्रीदर ४१ रुपियाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ८२ पैसा र बिक्रीदर ३८ रुपियाँ ९७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २५ पैसा र बिक्रीदर १० रुपियाँ २९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४७ पैसा र बिक्रीदर १६ रुपियाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर २४ रुपियाँ र बिक्रीदर २४ रुपियाँ ०९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपियाँ ५१ पैसा र बिक्रीदर १९ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ ६४ पैसा र बिक्रीदर ५०० रुपियाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपियाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपियाँ ६४ पैसा र बिक्रीदर ३९८ रुपियाँ २० पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























