

म्याग्दी, वैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा नयाँ हिमताल देखिन थालेका छन् । चार हजार ५० मिटरको उचाईमा रहेको आधार शिविर भन्दा केही माथि नयाँ हिमताल देखिन थालेका हुन । उक्त साना साना आकारका ताल पछिल्ला केही साता आकार बढ्न थालेको पाइएको छ ।
उक्त हिमताल पछिल्लो एक दशकयता विस्तार हुँदै गएको स्याटलाइट तस्वीर तथा ड्रोनबाट खिचिएको तस्वीरमा देखिएको छ । अन्नपूर्ण आधार शिविरमा विशाल पञ्चकुण्ड ताल रहेको छ । अहिले देखिएको नयाँ ताल भुस्केट मेलादेखि माथि अन्नपूर्ण हिमालको फेँदीमा पर्दछ । निलगिरी पश्चिम तर्फ निलगिरी हिमालको फेँदी तर्फ पनि केही स–साना हिमतालहरु देखिन थालेका छन् ।


समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित पञ्चकुण्ड हिमताल भन्दा केही दक्षिणपूर्व तर्फ देखिएको हिमतालको आकार भने ठूलो छ । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने क्रममा भुस्केट मेलादेखि उकालो लाग्दा बाटोमा सानो ठाडो खोला आउँछ, सुनखोला त्यही सुनखोलाको सिरान र अन्नपूर्ण प्रथम हिमालको दक्षिणपूर्वी पाखोबाट झरेको भिरालो हिमनदीको टुप्पोमा नयाँ हिमपताल भेटिएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले बताउनुभयो ।
हिमनदीको टुप्पोमा मोरिनको बाँधले छेकेपछि पछिल्लो एक दशकदेखी यहाँ ताल बन्न सुरु गरेको उहाँको भनाई छ । स्याटलाईट तस्वीरमा उक्त हिमताल रहेको क्षेत्रमा कुनै समय ठूलो हिमपहिरो गएको स्पष्ट संकेत समेत देखिन्छ । यो ताल विगत दशवर्ष देखि बढ्न थालेको भनाई छ ।


केही महिना अघि मात्र ड्रोनबाट खिचिएको तस्बिर हेर्दा नक्किै ठूलो भएको देखिन्छ । तर यसको क्षेत्रफल मापन भएको छैन । बेनीका फोटो ग्राफर किरण कार्कीले पञ्चकुण्ड हिमताल पुगेपछि आफु आएको मिस्स्रीखोलाको किनारको बाटोको ड्रोनबाट फोटो खिच्नुभएको थियो । यही ड्रोन फोटो खिच्दा यो हिमताल अर्को कुनोमा फैलिएको अवस्थामा भेटिएको हो ।
अन्नपूर्ण प्रथम हिमालको क्षेत्रमा हिमतालहरु विस्तार हुँदै जाँदा कुनै समय ताल फुटेर तटीए क्षेत्रमा उच्च जोखिम हुनसक्ने तर्फ चिन्ता बढ्न थालेको छ ।
– ठाकुरप्रसाद आचार्य
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































