

काठमाडौँ,वैशाख १६ गते । फिल्म कान्तारामा देखाइएकी देवीलाई ‘भूत’ भनेपछि उत्पन्न विवादबाट अभिनेता रणवीर सिंहलाई कर्नाटक उच्च अदालतबाट राहत मिलेको छ । मंगलबार भएको सुनुवाइमा रणवीरले दिएको माफीनामा स्वीकार गरेको छ ।
यद्यपि अदालतले एक शर्तसमेत राखेको छ । अदालतले रणवीरलाई चार साताभित्रै चामुन्डेश्वरी मन्दिरमा गएर माफी माग्न निर्देशन दिएको छ । २५ अप्रिलमा रणवीर सिंहले एफिडेभिटमा माफीनामा दिएका थिए । निवेदनकर्ताले भने एफिडेभिटलाई सही माफीनामा मान्न नसकिने जिकिर गरेपछि अदालतले यसमा विचार गर्नका लागि समय मागेको थियो ।
बलिवुड हंगामाको रिपोर्ट अनुसार अदालतले मौखिक रुपमा रणवीरको माफीनामा स्वीकार गर्दै मुद्दा रद्द गर्ने निर्णय लिएको छ । तर, त्यसका लागि रणवीरले साता साताभित्रै मन्दिरमा पुगेर माफी माग्नुपर्ने शर्तसमेत राखिएको छ ।
डिसेम्बर २०२५ मा विवाद भएपछि रणवीरले आधिकारिक सामाजिक सञ्जालबाट माफी मागेका थिए । उनले भनेका थिए, ‘मेरो मनसाय फिल्म कान्तारामा ऋषभको शानदार प्रस्तुतिलाई उजागर गर्नुथियो । एक अभिनेता भएका नाताले मलाई थाहा छ कि उक्त विशेष दृश्यलाई उनले जुन तरिकाले प्रस्तुत गरेका छन्, त्यसका लागि कति मेहनत लाग्छ र यसका लागि म उनको अत्यधिक सम्मान गर्छु । मैले सधैं हाम्रो देशको हरेक संस्कृति, परम्परा र आस्थाको गहिरो सम्मान गरेको छु । यदि मेरो कुनै कुराले कसैको भावना आहत हुन गएको छ भने म हृदयदेखि माफी माग्छु ।’
के थियो विवाद?
गतवर्ष रणवीर सिंह आईएफएफआई (इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डिया)को हिस्सा बनेका थिए । मञ्चमा अभिनेता सिंहले कान्तारामा देखाइएकी चामुन्डा देवीको मजाक बनाएका थिए ।
उनले फिल्मका अभिनेता तथा निर्देशक ऋषभ शेट्टीसँग भनेका थिए, ‘मैले कान्तारालाई थिएटरमा हेरेको थिएँ । त्यो एक उत्कृष्ट प्रस्तुति थियो । खासगरी जब फीमेल घोस्ट (भूत) तपाईंको शरीरमा आउँछिन् । त्यो परफर्मेन्स, त्यो शट आउटस्ट्यान्डिङ थियो ।’
साथै फिल्म फेस्टिभलबाट रणवीरको एक अर्को भिडियो पनि सार्वजनिक भएको थियो । जसमा रणवीरले मञ्चमा गएपछि ऋषभ शेट्टीका अगाडि चामुन्डी देवीको मिमिक्री गर्दै गरेको देखिन्छ । ऋषभले त्यसो नगर्नका लागि लगातार इशारासमेत गरिरहेको भिडियोमा देख्न सकिन्छ ।
भिडियो सार्वजनिक भएपछि रणवीरविरुद्ध चर्को आलोचना भएको थियो । त्यसपछि उच्च अदालतका वकिल प्रशान्त मेथले बैंगलोरको हाई ग्राउन्ड प्रहरी चौकीमा रणवीर सिंहविरुद्ध जाहेरी दिएका थिए । उनले जाहेरीमा लेखेका छन्, ‘रणवीर सिंहले पूजनीय गुलिगा दैवको मजाक बनाए र दैवलाई अपमानजनक र मजाकिया ढंकले प्रस्तुत गरे । जसकारण हिन्दू र विशेषगरी तुलु समुदायसँग सम्बन्धित मानिसहरुको धार्मिक भावना आहत भएको छ ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























