04/06/2026, 04:46:30
आइतबार, चैत २२, २०८२

जेन-जी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग


काठमाडौँ, चैत १९ गते । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले जेन-जी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले यस्तो माग गर्नुभएको हो । उहाँले भ्रष्टाचारका फाइल खोलेर कडा भन्दा कडा कारबाही गरी दोषिको सम्पतीको छानबिन गरेर तीन पुस्ते सम्पती राज्यले जफत गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले यो सरकार सत्ता सञ्चालनका लागि मात्र नभइ जनताको शाखा भरोसाको दियो भएकाले डढेलो बन्न दिनुहुँदैने जिकिर गर्नुभयो । जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित भएर विगतका कमजोरीहरू नदोहोर्‍याउन उहाँले अनुरोध गर्नुभयो ।

शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक एक खर्ब रकम खर्च भइरहेको बताउँदै प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन सहयोग गर्न आफ्नो दल तयार रहेको बताउनुभयो ।