मोरङ, चैत २ गते । कोशी प्रदेश सरकारको आज सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समिति मा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।
त्यसैगरी कानुन, न्याय तथा प्रदेश मामिला समिति बाट परिमार्जित कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गर्नुका साथै आर्थिक सामाजिक तथा पूर्वाधार समिति बाट परिमार्जित आयोजना छनोट तथा वर्गीकरण र आयोजना बैंक व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
हङकङमा रहेको गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् हङकङ र नेपाली महिला सङ्घ हङकङको आयोजनामा ११६औँ अन्तरराष्ट्रिय महिला दिवस मनाउने सम्बन्धमा सम्पूर्ण दैनिक तथा भ्रमण खर्च आयोजक स्वयंले व्यहोर्नेगरी सहभागी हुन भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री शोभा चेम्जोङलाई भ्रमणका लागि स्वीकृत दिने निर्णय गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
