विराटनगर, माघ १ : नेपाली भाषाका नविन कविहरूको प्रतिभा उजागर गर्ने उद्देश्यका साथ कविताको रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोएट्री’ झापाको दमकमा सुरु हुने भएको छ।
माई प्लेटफर्मको प्रस्तुतिमा निर्माण भइरहेको उक्त कार्यक्रमको निर्देशन केवल क्षेत्रीले गरिरहेका छन् भने सहायक निर्देशकको जिम्मेवारी पवित्रा राईले सम्हालिरहेकी छन्।
डिजिटल अडिसनमार्फत करिब २५० जना कविहरूले सहभागिता जनाएका थिए। तीमध्येबाट छनोट गरिएका अन्तिम ५० कविको सूची निर्माण टिमले सार्वजनिक गरेको थियो। त्यसपछि ती ५० कविलाई फिजिकल अडिसनमा सहभागी गराइ अन्तिम चरणका लागि २५ जना कवि छनोट गरिएको हो।
प्रतियोगितामा प्रत्येक हप्ता दुई जना प्रतिस्पर्धी बाहिरिनेछन् भने अन्तिममा एक जना कवि ‘मेरो कविता : द रिदम अफ पोएट्री’ को विजेता घोषित हुनेछन्।

कार्यक्रमका निर्णायकमा कवि हेमन यात्री, सुमन स्मारिका, उत्तम तुम्सा लिम्बु र अज्ञात ददी रहेका छन्। मेन्टरका रूपमा कवि चन्द्र गुरुङ, सुन्दर कुरुप, गगन योक्पाङ्देन र सुमन लिङ्देन सहभागी छन्। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुमन कुरुम्बाङले गर्नेछन्।
झापाको दमक–बेलडाँगी क्षेत्रमा धमाधम छायांकन भइरहेको यो कविताको रियालिटी शो जनवरी १८ अर्थात् माघ ४ गतेदेखि प्रसारणमा आउने निर्माण टिमले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
