04/09/2026, 14:27:18
बिहिबार, चैत २६, २०८२

तत्कालीन आईजीपी खापुङ थप बयान दिन जाँचबुझ आयोगमा


काठमाडौँ, पुस ३ : २३ र २४ भदौको घटना जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङसँग थप बयान लिएको छ ।

आयोगको कार्यालय सिंहदरबारमा खापुङको बयान जारी रहेको आयोगका एक पदाधिकारीले बताए । तत्कालीन आईजीपी खापुङले यसअघि पनि बयान दिएका थिए । थप विषयमा बुझ्नुपर्ने भएकाले पुन: बयानमा बोलाइएको र बयान जारी रहेको आयोगले जनाएको छ ।

जेन-जी प्रदर्शनका बेला खापुङ प्रहरी प्रमुखको जिम्मेवारीमा थिए । २३ गते सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको र २४ गते सार्वजनिक सम्पतिको सुरक्षा दिन नसकेको आरोप लाग्दै आएको छ ।