04/09/2026, 17:53:21
बिहिबार, चैत २६, २०८२

आइपीएल २०२५ : लखनउ सुपर जाइन्ट्सको २ रनको जित, दिल्लीमाथि गुजरातको ७ विकेटको जित


काठमाडौँ, ०७ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल १९, २०२५ मा भएको खेलहरुमा लखनउ सुपर जाइन्ट्सले राजस्थान रोयल्सलाइ २ रनको झिनो अन्तरले पराजित गरेको छ | सुरुवाती पारीमा ब्याटिंग गरेको लखनउ सुपर जाइन्ट्सले २० ओभरमा ५ विकेटको क्षतिमा १८० रन बनाएको थियो भने राजस्थान रोयल्सले २० ओभरमा ५ विकेटको क्षतिमा १७८ रन मात्र बनाउन सक्यो | लखनउ सुपर जाइन्ट्सका अभेष खानले ४ ओभर बल्लिंग गर्दै राजस्थान रोयल्सको ४ विकेट लिए | राजस्थान रोयल्सलाइ अन्तिम ओभरमा ९ रनको आवस्यकता रहेको बेला अभेष खानले जम्मा ६ रन दिदै १ विकेट पनि लिए जसको नतिजा राजस्थान रोयल्स २ रनले खेल लखनउलाइ सुपिन्न पर्यो | अभेष खान म्यान अफ द म्याच चुनिए |

लखनउका Aiden Markram, आयुष बदोनी र अब्दुल समादले क्रमशः ६६, ५० र ३० रनको परि खेले | जम्मा ५ जना बलरलाइ मात्र बल्लिंग गर्न दिएको राजस्थान रोयल्सले महेशले कुनै विकेट लिन सकेनन् भने हर्सरंगले २ विकेट र अन्य ३ बलरले १/१ विकेट लिए | राजस्थान रोयल्सका यशस्वी जैसवालले ५२ बलमा ७४ रनको राम्रो पारी खेले पनि जित दिलाउन काफी रहेन |

अप्रिल १९, २०२५ मा भएको अर्को खेलमा भने दिल्ली क्यपिटल्सले दिएको २०४ रनको लक्ष्य ३ बल बाकी रहदै गुजरात टाइटन्सले ३ विकेटको क्षतिमा पुरा गर्यो | गुजरात टाइटन्सका जोस बटलरले ५४ बलमा ९७ रनको अविजित पारी खेले र उनीनै म्यान अफ द म्याच घोषित भए | दिल्ली क्यापिटल्सका मुकेश कुमार र कुलदीप यादवले १/१ विकेट लिए भने सुबमन गिल रन आउट भए | दिल्ली क्यापिटल्सको २०३ रन बनाउने क्रममा सुरुवाती ६ ब्याट्सम्यानहरुले राम्रो ब्याटिंग गरे पनि कुनै पनि ब्याट्सम्यानले अर्धशतक भने प्रहार गर्न सकेनन् | राजस्थानका प्रसिद्ध कृष्णले ४ विकेट लिए |

आजको खेल : #PBKSVRCB र MIVCSK

हालसम्मको अंक तालिका

स्थान टोलि खेल जित हार टाई/NR बिन्दु NRR अन्तिम ५ खेल अगला खेलहरू For Against
1 गुजरात टाइटन्स 7 5 2 0 10 +0.984 W W W L W vs KKR, RR, SRH 1352/133.5 1272/139.3
2 दिल्ली क्यापिटल्स 7 5 2 0 10 +0.589 W W L W L vs LSG, RCB, KKR 1313/133.2 1290/139.2
3 पञ्जाब किङ्स 7 5 2 0 10 +0.308 L W L W W vs RCB, KKR, CSK 1248/128.3 1246/132.3
4 लखनउ सुपर जायन्ट्स 8 5 3 0 10 +0.088 W W W L W vs DC, MI, PBKS 1546/155.4 1529/155.2
5 रॉयल च्यालेन्जर्स बेंगलुरु 7 4 3 0 8 +0.446 L W L W L vs PBKS, RR, DC 1196/127.5 1139/127.5
6 कोलकाता नाइट राइडर्स 7 3 4 0 6 +0.547 L W L W L vs GT, PBKS, DC 1079/127.4 1021/129.1
7 मुंबई इण्डियन्स 7 3 4 0 6 +0.239 W L L W W vs CSK, SRH, LSG 1207/131.0 1249/139.1
8 राजस्थान रोयल्स 8 2 6 0 4 -0.633 W L L L L vs RCB, GT, MI 1478/160.0 1530/155.0
9 सनराइजर्स हैदराबाद 7 2 5 0 4 -1.217 L L L W L vs MI, CSK, GT 1320/138.3 1365/127.0
10 चेन्नई सुपर किंग्स 7 2 5 0 4 -1.276 L L L L W vs MI, SRH, PBKS 1110/138.4 1208/130.1