

काठमाडौँ । आगामी २४ घण्टामा देशभरको मौसम आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, आज राति देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसम प्रणालीको अवस्था
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको प्रभावसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान : २०८३ आश्विन १२ गते, सोमबार बिहान ८:०० बजे
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























