

काठमाडौँ, भदौ २३ गते । मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली चयन हुनुभएको छ। हालै सम्पन्न प्रतिष्ठानको ३२ औँ वार्षिक साधारणसभाले ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
साधारणसभामा वाम आन्दोलनमा विशिष्ट योगदान पुर्याएको भन्दै नेतात्रय वाचस्पति देवकोटा, केशव बडाल र केशवलाल श्रेष्ठलाई सम्मान गरिएको थियो। सो अवसरमा प्रतिष्ठानका संस्थापक अध्यक्ष वाचस्पति देवकोटाले प्रतिष्ठानलाई समयानुकूल अझ सुदृढ, गतिशील र जनमुखी बनाउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। साधारणसभाको बन्दसत्रले साङ्गठनिक, आर्थिक तथा विधान संशोधन प्रतिवेदनसमेत सर्वसम्मत रूपमा पारित गरेको छ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा गठित यस प्रतिष्ठानले नेपालको राजनीतिक, वैचारिक तथा सामाजिक विषयमा निरन्तर विभिन्न अध्ययन र कार्यक्रमहरू गर्दै आएको छ।
नयाँ कार्यसमितिको तालिका:
| पद | नाम |
| अध्यक्ष | प्रदीपकुमार ज्ञवाली |
| उपाध्यक्ष | कृष्णहरि थापा |
| महासचिव | मधु तिमिल्सिना |
| सचिव | विदुरप्रसाद ढुङ्गाना |
| कोषाध्यक्ष | सुरेश चापागाईं |
| सदस्यहरू | सुरेशप्रसाद निरौला, श्रीकृष्ण चापागाईं, सुदर्शन चापागाईं, दिव्याकुमारी घिमिरे, मणिराम फुयाँल, झुमा देवान नेपाल, नारायणप्रसाद आचार्य, डा. श्री निरोज पौडेल, सृष्टि भट्टराई, विवेक थपलिया |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































