

काठमाडौँ, भदौ १७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढी एउटा देश र निश्चित भूगोलको मात्र नभई विश्वव्यापी जलवायु सङ्कटको परिणाम भएको बताउनुभएको छ। आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले विश्व समुदायले यस घटनालाई गम्भीरतापूर्वक नहेरेमा सिङ्गो मानव समुदाय नै सङ्कटमा पर्न सक्ने चेतावनी दिनुभयो।
नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि दुई ठुला छिमेकी तथा पुँजीवादी राष्ट्रहरूले गरेको उत्सर्जनका कारण प्रत्यक्ष र गम्भीर असर व्यहोर्नुपरेको उहाँले उल्लेख गर्नुभयो। “नेपालका हिमालहरू पग्लिँदै गएका छन्, चट्टान र हिउँको सम्बन्ध कमजोर भएको छ,” संयुक्त राष्ट्रसङ्घको महासभामा आफूले उठाएको विषय स्मरण गराउँदै प्रचण्डले भन्नुभयो, “अब नेपालले आगामी दिनमा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन र यसको क्षतिपूर्तिको विषयमा सशक्त ढङ्गले आवाज उठाउनुपर्छ।”
विपत्को यस कठिन घडीमा सरकारको उपस्थिति प्रत्यक्षरूपमा देखिनुपर्ने र राष्ट्र एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो। सङ्कटको सामना गर्न केन्द्रदेखि स्थानीयस्तरसम्म, सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म सहमति र सहकार्यको नयाँ धरातल निर्माण गर्नुपर्ने बताउँदै संयोजक प्रचण्डले उद्धार तथा राहत कार्यमा सेनाका साथसाथै व्यापक जनपरिचालन गर्न सरकारसँग आग्रह गर्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































