

गुल्मी, साउन २९ गते। गुल्मीको रेसुङ्गा विमानस्थलमा खराब मौसम र बाक्लो हुस्सुका कारण पछिल्लो दुई महिनादेखि नियमित उडान पूर्ण रूपमा अवरुद्ध भएको छ। गत जेठ २४ गते अन्तिम उडान भएयता मौसममा सुधार नआउँदा नेपाल एयरलाइन्सको जहाजले उडान भर्न सकेको छैन। विशेषगरी असार र साउन महिनामा बिहानपख लाग्ने बाक्लो बादल तथा हुस्सुका कारण उडान प्रभावित हुने गरेको र यो समस्या हिउँदको समयमा पनि दोहोरिने नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो।
पहिले साताको चार दिन उडान हुँदै आएकामा पछिल्लो समय तालिका समायोजन गरी आइतबार, बिहीबार र शनिबार गरी हप्तामा तीन दिन उडान भर्ने व्यवस्था मिलाइएको थियो। काठमाडौँबाट बिहान ६:३० बजे र रेसुङ्गाबाट बिहान ७:४५ बजे उडान हुने तालिका रहे पनि लगातारको मौसम खराबीले हवाई सेवा ठप्प छ। गुल्मीलाई सिधै राजधानी काठमाडौँसँग जोड्ने यो हवाई सेवा अवरुद्ध हुँदा पर्यटक तथा अत्यावश्यक कामले यात्रा गर्ने स्थानीय सर्वसाधारण समस्यामा परेका छन्।
मौसमका अतिरिक्त पछिल्लो समय बढेको हवाई भाडादरका कारण पनि यात्रुको चाप घट्दै गएको छ। हवाई इन्धनमा भएको मूल्य वृद्धिका कारण भाडादर बढेपछि यात्रुको चाप घट्दै गएको छ। भाडादर समायोजन गरी घटाउनुपर्ने आवश्यकता देखिएको छ। हवाई भाडादर समायोजन गरी कम गर्न सके यात्रुको चाप पुन: बढ्ने देखिन्छ।
उडान तालिका र भाडादर
| विवरण | उडान तालिका / भाडादर |
| उडान दिनहरू | हप्तामा ३ दिन (आइतबार, बिहीबार र शनिबार) |
| काठमाडौँ ➔ रेसुङ्गा | बिहान ६:३० बजे |
| रेसुङ्गा ➔ काठमाडौँ | बिहान ७:४५ बजे |
| काठमाडौँ ➔ रेसुङ्गा भाडा | रु. १०,७०९.५५ (पहिले: रु. ७,५००) |
| रेसुङ्गा ➔ काठमाडौँ भाडा | रु. १०,५०९.५५ (पहिले: रु. ७,३००) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























