08/10/2026, 09:22:17
सोमबार, साउन २५, २०८३

लेदोसहितको पहिरो हटाइएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा


बनेपा, साउन २५ गते । आइतबार साँझ परेको अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।

बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ स्थित पिन्थली र नार्केमा सडक माथिबाट खसेको लेदोसहितको पहिरो पन्छाएपछि सोमबार बिहान ८ बजेदेखि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्रले जानकारी दिनुभयो ।

वर्षासँगै सोमबार बिहान करिब ४ बजे पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । वर्षा हुनेबित्तिकै हरेक पटक सोही स्थानमा लेदोसहितको पहिरो खस्ने गरेकाले राजमार्ग अवरुद्ध हुँदै आएको प्रहरीले जनाएको छ ।