

काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेतिको नयाँ फिल्म ‘आचार्य’ (Acharya) असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्मको प्रचारप्रसार सुरु गर्दै उप्रेतिले फिल्मको पहिलो लुक पोस्टर र भिडियो सार्वजनिक गरेका छन्।
सार्वजनिक गरिएको पोस्टर र भिडियोमा निखिल उप्रेतिलाई शक्तिशाली, रहस्यमयी र फरक अवतारमा प्रस्तुत गरिएको छ। पोस्टरमा निखिल खुला शरीरमा, हातमा ठूलो बाज (Eagle) बोकेको र आधुनिक भर्चुअल रियालिटी (VR) हेडसेट लगाएको शैलीमा देखिएका छन्। प्राकृतिक पहाडी पृष्ठभूमिसँग प्रस्तुत गरिएको यो लुकले फिल्ममा एक्सन र आध्यात्मिकताको मिश्रण हुने संकेत दिएको छ।
फिल्म ‘निखिल उप्रेती प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा निर्माण गरिएको हो, जसका निर्माता कृष्ण भट्टराई हुन्। फिल्मको लेखन निखिल उप्रेति, मनोज बिश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको संयुक्त प्रयास हो। ‘आचार्य’ निखिल उप्रेतिको निर्देशनमा बनेको दोस्रो फिल्म हो। यसअघि उनले ‘भैरव’ फिल्म निर्देशन गरेका थिए।
पहिलो लुक पोस्टरले नै दर्शकमाथि रहस्यको पर्दा खोलेको छ– आधुनिक प्रविधि (VR हेडसेट) र प्राचीन प्रतीक (बाज) को यो अनौठो संयोजनले फिल्मको कथावस्तुबारे उत्सुकता बढाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































