07/18/2026, 08:46:07
शनिबार, साउन ०२, २०८३

कागजात पूरा भएका सेवाग्राहीलाई १५ मिनेटभित्रै नागरिकता दिन गृहमन्त्री गुरुङको निर्देशन


सुलीकोट (गोरखा), साउन २ गते । गृहमन्त्री सुधन गुरुङले आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई अधिकतम १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय गोरखालाई निर्देशन दिनुभएको छ ।

शुक्रबार कार्यालयको निरीक्षणका क्रममा मन्त्री गुरुङले प्रशासनिक सेवा नागरिकमैत्री, पारदर्शी र झन्झटरहित हुनुपर्नेमा जोड दिनुभयो । निरीक्षणका क्रममा गृहमन्त्रीले सेवा प्रवाह, कमर्चारीको कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीको गुनासो व्यवस्थापनबारे जानकारी लिनुभएको थियो ।

उहाँले अनावश्यक ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्दै कर्मचारीलाई जिम्मेवार र उत्तरदायी भएर सेवा प्रवाह गर्न निर्देश गर्नुभयो ।