07/16/2026, 00:26:52
बुधबार, असार ३१, २०८३

प्रतिनिधिसभामा तीन आयोगका वार्षिक प्रतिवेदन पेस


काठमाडौँ, असार ३१ गते । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोग लगायत तीन आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन्।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१/०८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१-०८२ पेस गर्नुभएको हो ।